ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने?

Feb 24, 2025 09:33 AM Merolagani



ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ फागुन ११ गते बाँडफाँट गरेको हो।

कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा ४८ हजार ३१२ जना आवेदकहरुले आवेदन दिएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

बाँडफाँटमा परेका शेयरहरुको विवरण प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/ipo-allotment अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।