ङादी ग्रुप पावरको अवितरित हकप्रद शेयरका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Mar 12, 2025 08:22 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले फागुन २० गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (फागुन २८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले गत पुस २३ गतदेखि माघ २९ गतेसम्म १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरेको हो।

कम्पनीले सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गरेको हो।

सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले आज बैंकिङ्ग अवधि भित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।