चैत महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर कति?

Mar 13, 2025 11:15 AM Merolagani



वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको सूचना अनुसार अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको देखिन्छ।

चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेको १६ बैंकहरुमध्ये १३ बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। फागुन महिनाको तुलनामा दुई बैंकहरुले ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ।

ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक र हिमालयन बैंक रहेका छन्। नेपाल बैंकले व्यक्तिगत मद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतविन्दुले घटाएको हो। त्यस्तै, हिमालयन बैंकले भने यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशतविन्दुले घटाएको हो।

चैत महिनाका लागि ब्याजदर बढाउने बैंक भने कुमारी बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतविन्दुले बढाएको हो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।