चैत महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर कति?

Mar 13, 2025 11:15 AM Merolagani



वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको सूचना अनुसार अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको देखिन्छ।

चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेको १६ बैंकहरुमध्ये १३ बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। फागुन महिनाको तुलनामा दुई बैंकहरुले ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ।

ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक र हिमालयन बैंक रहेका छन्। नेपाल बैंकले व्यक्तिगत मद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतविन्दुले घटाएको हो। त्यस्तै, हिमालयन बैंकले भने यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशतविन्दुले घटाएको हो।

चैत महिनाका लागि ब्याजदर बढाउने बैंक भने कुमारी बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतविन्दुले बढाएको हो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।