सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्याे? कति घट्यो?

Mar 22, 2025 06:15 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७३६.४८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४५ प्रतिशत अर्थात ६७.१७ अंक घटेर २६६९.३१ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। ती सबै दिनहरुमा नेप्से घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ११.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९१ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २६ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४०.०६ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ४६.२० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३५.८० प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ११ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३२ अर्ब रुपैयाँमा झरेको छ।

यस साता १३ वटा उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ। गत साता ४१०३.४० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६४.४४ अंक बढेर ४१६७.८४ विन्दुमा पुगेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशत घटेको छ। गत साता २६६९.०० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १११.७८ अंक बढेर २५५७.२२ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५१९.८२ अंक घटेको छ।

यस साता नेप्सेमा ५ कम्पनीको ४ करोड ११ लाख १७ हजार ८२७.४० कित्ता शेयर सूचीकृत भएको छ। यस साता साना किसान विकास लघुवित्त वित्तीय संस्था, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र लक्ष्मी सनराइज बैंकको बोनस शेयर, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को हकप्रद शेयर र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.४४ प्रतिशत र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १२.९० प्रतिशत घटेको छ। त्यसैगरी, यस साता महालक्ष्मी विकास बैंकको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ भने प्रभु इन्स्योरेन्सको शेयरमूल्य करिब साढे १० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८, मेगा म्युचुअल फण्ड १, माइ खोला हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

 



७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।