भारतकी एक ‘काली हाकिम’को पोष्टले निम्त्याएको विवाद, के भारतमा कालो अनुहार भएकाहरुमाथि अत्याचार हुने गरेको छ ?

Mar 28, 2025 05:28 PM mero lagani



‘मैले हिजो गज्जबको प्रतिकृया सुने-उनी त्यति नै काली छन्, जति उनका पति गोरा थिए । त्यो सुनेपछि मलाई लाग्यो मलाई मेरो कालोपनको यथार्थता स्वीकार गर्न जरुरी छ’ 

भारतको केरला राज्यकी मुख्य सचिव शारदा मुरलीधरनले सामाजिक संजालमा पोष्ट गरेको यो भनाई जति सामान्य लाग्छ, उनको अनुभूति त्यती नै असमान्य छ र त्यो भन्दा पनि असमान्य कुरा उक्त पोष्ट पछि समाजिक संजालमा आएको प्रतिकृयाहरु छन् ।

उनको त्यो पोष्ट यति भाइरल र विवादमा पर्यो कि केही घण्टापछि उनले त्यसलाई हटाइन । तर, विवाद र वहस थामिएन । त्यसपछि उनले लामो टिप्पणीका साथ त्यसलाई फेरि ‘रिपोष्ट’ गरिन । त्यसपछि अहिलेसम्म पनि त्यसबारेको बहस र विवाद थामिएको छैन, बरु झन झन बढिरहेको छ । विश्वभरका संचारमाध्यमहरुले त्यसबारेमा समाचार, टिप्पणी गरिरहेका छन् ।

सन् २०२४ सेप्टेम्बरमा राज्यको प्रमुख सचिव बनेकी मुरलीधरनभन्दा ठीक अघि त्यो पदमा उनका पति बेणुगोपाल थिए । उनले अवकाश पाएपछि त्यो पदमा राज्य सरकारले मुरलीधरनलाई नियुक्त गरेको थियो । पति-पत्नीबीचको पद हस्तान्तरणको समाचार पनि त्यति बेला निकै चर्चित बनेको थियो ।
तर, यसपटक उनको चर्चा सामाजिक संजालमा गरेको पोष्टको कारण भएको छ । त्यसरी चर्चा हुनुको पछाडिको कारण के हो भने उनी पूर्णरुपमा काली छन्, अझ भनौं अफ्रिकन जस्तै काली छन्, जबकी उनका पति बेणु भने गोरा छन् ।

आफ्नो कालो अनुहारको कारण भेदभावको शिकार हुने गरेको कुरालाई उनले साँकेतिकरुपमा पोष्टमा उल्लेख गरेकी थिइन । विवाद भएपछि पहिले पोष्ट हटाएकी उनी अहिले भने रिपोष्ट गर्दै झन कडारुपमा संचारमाध्यमलाई प्रतिकृया दिन थालेकी छन् । उनको पोष्टले भारतमा जातीयरुपमा चरम भेदभाव रहेको पुष्टिरहेको भन्दै विवाद सृजना भएको हो ।

‘मैले हिजो के काम गरें, अहिले के गर्दैछु त्यो मानिसहरुलाई मतलव छैन । म काली छु र मेरा पति गोरा छन् । उनीहरुलाई त्यहीकुरामा आपत्ती छ । मानौं गोरो अनुहार भएका मानिसले कालो अनुहार भएका मानिससंग विवाह गर्नै हुँदैन, केही काम गर्नुहुँदैन’ उनको भनाइ उल्लेख गर्दै विविसीले भनेको छ ।
उनले कालो भएकै कारण आफू पटक पटक अपमानित र पीडित भएको दावी गरेकी छन् । उनले कालो रंग मात्र पहिलो सत्य र वास्तविकता भएको भन्दै त्यसलाई नभुल्न र कृत्रिमतामा रमाएर कालो वर्णका मानिसहरुलाई नहेप्न पनि चेतावनी दिएकी छन् ।

उनको पोष्ट पछि भारतका विश्व विद्यालयहरुदेखि राजनीतिक क्षेत्रसमेत गर्माएको छ । कांग्रेस नेता शशी थरुर लगायतका अधिकाँशले भारतमा काला जातीमाथिको अत्याचार हुने गरेको भन्दै त्यसको भण्डाफोर गरेकोमा शारदाको प्रशंसा गरेका छन् । उनले भारतमा भएको जातिय विभेद नहटाएसम्म मानिसहरु पीडित हुनु परिरहने बताएका छन् ।

त्रिवन्तपुरममा रहेको सेन्टर फर डेभलपमेण्ट स्टडीजमा कार्यरत प्रोफेसर जे.देविका भारतमा कालो अनुहार भएका अझै पनि निकै तल्लो स्तरको व्यवहार गरिने, नराम्रो फोहोर काम गर्ने वर्गमा राखिने र उनीहरु माथिल्लो पदमा पुग्न सक्दैनन भन्ने मान्यता राखिने गरेको बताउंछिन् । ‘शारदा पनि त्यसैको शिकार भएकी हुन सक्छिन्, उनको छालाको रंगको बारेमा गरिने टिप्पणीले भारतीय समाज र यहाँका टाढाबाठा भनिएका मानिसहरुको चिन्तन कति पछौटे छ भन्ने देखाउँछ,’ उनले भनेकी छन् ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।