Mon, Jan 12, 2026
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (GMLI) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
सो प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते साधारण सभा बोलाउने भएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुकक्लोज गर्ने भएको छ।
पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।