हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न नेपाल वेयरहाउजिङ्गले बोलायो विशेष साधारण सभा

Oct 03, 2024 10:16 AM Merolagani



नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेड (NWCL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक ७ गते, अमृतभोग क्याटरर, प्रा. लि., कालिकास्थान, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। सो सभा दिउँसो ३ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।