युनियन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

Apr 05, 2026 12:11 PM Merolagani



युनियन हाइड्रोपावर लिमिटेड (UNHPL) ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सो प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा डाकेको छ।

कम्पनीले २०८३ बैशाख ६ गते, आइतबार, सिद्धार्थ कटेज, ललितपुर ३, घोबिघाटमा विशेष साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सो सभाले हकप्रद शेयर निष्काशनका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नाम परिवर्तन तथा उद्देश्य थप गर्ने, अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।