हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

May 01, 2024 08:01 AM Merolagani



नेपाल इन्स्योरेन्स लिमिटेड (NICL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले जेठ ४ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।