मर्जर प्रस्ताव पारित गर्न मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तले डाक्यो विशेष साधारण सभा

Dec 29, 2023 09:00 AM Merolagani



एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न श्रृजनशील लघुवित्त वित्तीय संस्था (SHLB) र मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएको छ।

यी दुबै लघुवित्तले पुस २८ गते शनिबार, बिहान साढे १० बजे विशेष साधारण सभा बोलाएको हो। श्रृजनशील लघुवित्तले आफ्नो केन्द्रिय कार्यालय, गोलबजार नगरपालिका, चोहर्वा, सिराहामा सभा बोलाएको हो भने मानुषी लघुवित्त (MLBS) ले पुतली घर रिसोर्ट, बनेपा, साँगा, काभ्रेपलाञ्चोकमा सभा बोलाएको हो।

यी लघुवित्तहरुका सभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ यी दुबै लघुवित्तहरुले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।