युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।
इन्स्योरेन्सले जेठ ३१ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।