बजारमा हुने उतार चढावलाई लगानीकर्ताले सामान्य रुपमा लिने गरेका छन । तर निरन्तर घटेर आजित भएको बेला केही दिन बढेर पुन: ओरालाे लाग्दा लगानीकर्ता त्रसित हुने गरेका छन् । बजारले घट्दो गतिलाई निरन्तरता दिने हो कि भन्ने पनि छ । आएको थोरै नाफा गुम्छ कि भन्ने चिन्ता लगानीकर्तामा रहन्छ । भलै मंगलबारको बजार सामान्य रूपले घटेकाे मात्र हाे । लगानीकर्ताले नाफा बुक गर्न हतार गरेको देखियो । पछिल्ला तीन कारोबार दिन बजार आकर्षक अंकसहित वृद्धि भएको थियाे । बजारमा बढ्ने भन्दा घट्ने ट्रेन्ड हावी हुँदा लगानीकर्ता नाफा बुक गर्न हतारिएका हुन ।
लामो समयको वियरिस यात्रा पार गरेको बजार अब द्रूत गतिमा अघि बढ्ने अपेक्षामा लगानीकर्ता छन् । नेप्सेले आजदेखि नयाँ नेतृत्व पाएको छ भने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति पनि केही दिनमा हुने छ। नियुक्ति अवधिसम्म लगानीकर्ता ‘वेट एन्ड वाच’को अवस्थामा पनि देखिएका छन् ।