मार्चमा १ लाख २१ हजार पर्यटकले गरे नेपाल भ्रमण

Apr 02, 2025 05:07 PM MeroLagani



नेपालमा सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक आएका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या केही घटेको देखिन्छ। सन् २०२४ को मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल पर्यटन बोर्डका अनुसार भारत नेपालमा पर्यटक पठाउने अग्रणी मुलुक रह्यो। यस अवधिमा भारतबाट २१ हजार ४ सय ४१ पर्यटक नेपाल आएका छन्। चीनबाट ११ हजार ४ सय ४३ पर्यटक भित्रिएका छन् भने अमेरिकाबाट ११ हजार ९२ पर्यटक नेपाल आएका छन्। पछिल्लो समय छिमेकी देश चीनलाई पर्यटक आगमनमा अमेरिकाले उछिनिरहेको छ । मार्च महिनामा पनि चीन पर्यटक आगमनका आधारमा तेस्रोमा परेको छ ।

श्रीलंकाबाट ८ हजार ८ सय ८६, बेलायतबाट ५ हजार ९ सय ९५, थाइल्याण्डबाट ४ हजार ९ सय ८६, बंगलादेशबाट ३ हजार ५ सय ७६ र अष्ट्रेलियाबाट ४ हजार २ सय २८ पर्यटक नेपाल प्रवेश गरेका छन्।

त्यस्तै, म्यानमारबाट ३ हजार ७ सय ५४ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

क्षेत्रगत रुपमा दक्षिण एसियाली राष्ट्रबाट सबैभन्दा बढी ३५ हजार २ सय ८७ जना, दक्षिण एसियाबाहेक अन्य एसियाली देशहरुबाट ३१ हजार ३ सय ५१ जना, युरोपबाट २५ हजार ७ सय ४२ जना, ओसनियाली राष्ट्रहरुबाट ४ हजार ६ सय ४३ जना, अमेरिकाबाट १३ हजार ९ सय ७ जना, मध्य पूर्वी राष्ट्रहरुबाट २ हजार ७ सय ३२ जना, अफ्रिकाबाट ३ सय ६७ जना र अन्यबाट ७ हजार ६ सय ५७ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।