सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Apr 07, 2025 10:32 AM Merolagani
1



चैत २५ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। पछिल्ला केही देखिदेखि निरन्तरजसो घट्न थालेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ७०० रुपैयाँ घटेर १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार यस्तो सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।

 




पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।