हकप्रद निष्काशन प्रयोजनार्थ सन नेपाल लाइफले तोक्यो बुकक्लोज मिति

Apr 11, 2025 08:29 AM Merolagani



सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। इन्स्योरेन्सले बैशाख १ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

यस अनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।