प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Apr 13, 2025 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.५७ अंक घटेर २६७०.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३० अंक बढेर २६७३.०१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८४ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३८ स्टकको ८० पटकको कारोबारमा ४६ लाख ७१ हजार ७० रुपैयाँ ८० पैसाबराबरको ८ हजार १८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।