प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Apr 13, 2025 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.५७ अंक घटेर २६७०.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३० अंक बढेर २६७३.०१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८४ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३८ स्टकको ८० पटकको कारोबारमा ४६ लाख ७१ हजार ७० रुपैयाँ ८० पैसाबराबरको ८ हजार १८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।