सातामा करिब २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

May 17, 2025 05:50 AM Merolagani



यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६६१.६४ विन्दुमा बन्द भएको नेप्से, यस साता १.८७ प्रतिशत अर्थात ४९.७९ अंक घटेर २६११.८५ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चारै कारोबार दिन नेप्से घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ८.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ५६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ९१ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ६.७५ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १४.०७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ११.०४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८२ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ४४ अर्ब रुपैयाँ सीमित भएको छ।

यस साता १३ वटा उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। गत साता ६४२२.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४६८.७९ अंक बढेर ६८९१.६६ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढको छ।

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ६.२० प्रतिशत घटेको छ। गत साता २५४४.७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १५७.६८ अंक घटेर २३८७.०९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३१८.७२ अंक घटेको छ।

यस साता नेप्सेमा १ करोड १२ लाख ७९ हजार ८२९.५४ कित्ता सूचीकृत भएको छ। यस साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ र हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ४६.३५ प्रतिशत बढेको छ। गत साता ४३४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य, यस साता ६३६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १७.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस साता सर्वाधिक १९.१७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ओम मेगाश्री फर्मास्यूटिकल्स, गरिमा समृद्धि योजना, युनाइटेड मोदी हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माछापुच्छ्रे बैंक, शिवम् सिमेन्ट्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।