देश विदेशमा रहेका आफ्ना लाखौं ग्राहकहरुलाई छिटो, छरितो सेवा र प्रयोगकर्ता मैत्री अनुभव दिन सो कारोबार प्रणाली संचालनमा ल्याइएको हो । नासा एक्सले नासाका चार लाख भन्दा धेरै लगानीकर्तालाई सहज, सरल र विश्वासनीय रुपमा सेयर कारोबार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस प्रणालीमा विश्वमा प्रचलित कारोबार अभ्यासहरुलाई समेटेर प्रविधिको नविनतम प्रयोग गरिएको नासा सेक्यूरिटिजले बताएको छ ।
नासा एक्स अब ग्राहकहरुले नयाँ वेब (https://x.naasasecurities.com.np/ र मोबाइल प्लेटफर्महरु मार्फत कुनै पनि समय र स्थानबाट आफ्ना कारोबारको पूर्ण जानकारी राख्न सक्ने भएका हुन । जहाँ प्रयोगकर्ताले सुविधाजनक रुपमा तत्काल कोल्याट्रल राख्न र झिक्न, रियल टाइम मार्केट अपडेट जस्ता धेरै सुविधाहरु प्राप्त गर्न सक्ने ब्रोकरले बताएको छ ।
नासा सेक्युरिटिज नेपालको अग्रणी ब्रोकर कम्पनी हो । पूर्ण रुपमा एकीकृत ट्रेडिङ्ग पूर्वाधार सार्वजनिक गरेर नेपाली पूँजीबजारको कोसेढुङ्गा सावित हुने दिशामा कम्पनीले पहलकदमी लिएको छ ।

ब्रोकरले ल्याएको कारोबार प्रणाली नासा एक्समा रियलटाइम इन्फर्मेशन ड्यासबोर्ड, एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच, रियलटाइम सेयर बिक्री गरेको रकम धितोमा आएर लोड हुने, ग्राहकहरुले आफैँ रकम झिक्न सक्ने, प्रतिक्रिया र समस्या रिपोर्टका लागि च्याट बुट, केवाईसी, ट्रेडिङ, खाता विवरण, टिकट आदि को लागि एकल साइन–इन सुविधा, नासा वेबसाइटमा निःशुल्क ट्रेडिङ स्कूल, जसले सबैलाई वित्तीय-ट्रेडिङ ज्ञान प्रदान गर्ने लगाएतका मुख्य विशेषता रहेका छन ।
त्यसैगरी, नासा सेक्यूरिटिजले नेपालमा पहिलोपटक इनोभेटिभ चार्ट बेस्ड ट्रेडिङ्ग विशेषता भित्र्याउने काम अगाडि बढाएको छ । यो सेवा पनि आफ्ना ग्राहकहरूलाई चाँडै उपलब्ध गराईने छ ब्रोकरले जानकारी गराएको छ । यसबाट प्रयोगकर्ताले चार्टबाट सिधै खरिद र बिक्रीको आदेश प्रविष्ट गर्न सक्नेछन् । यसले लगानीकर्ताहरुलाई एक ठाउँमा प्राविधिक विश्लेषण गरी खरिद बिक्री आदेशका लागि पुनः टिएमएसमा आउनुपर्ने झन्झटबाट मुक्ति दिने ब्रोकरको दावी छ ।
नासा एक्सले डिजिटाइजेसन, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा कम्पनीको प्रतिबद्धतालाई मूर्त रुप दिने र नेपालको वित्तीय क्षेत्रमा नवप्रवर्तनका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीले विश्वास गरेको छ ।