गभर्नर पाैडेलकाे शेयरमा मात्रै आजको मूल्य अनुसार २८ करोड, अर्बपति क्लबमा उक्लिएकै हुन ?

Jun 25, 2025 05:49 PM merolagani



गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। जसमा गभर्नर र उनको पत्नीका नाममा १४ करोड पाँच लाख ६७ हजार रुपैयाँ बराबरको विभिन्न कम्पनीको शेयरमा मात्रै लगानी रहेको देखिएको छ।

निक्कै लामो समय देखि विभिन्न कम्पनीको संस्थापक शेयरमा लगानी गरेका गभर्नर परिवारले आजको दिनसम्म आइपुग्दा आफूले गरेको लगानी दोब्बर बनाइसकेका छन्। यही हिसाबले अझै केही वर्ष उनले आफ्नो लगानीलाई तरल बनाएनन् भने आउँदो केही वर्षमा गभर्नर परिवारले शेयरमा गरेको लगानी मात्रै आधा अर्ब पुग्ने देखिन्छ।

गभर्नरले सानिमा बैंकको संस्थापक शेयर मात्रै दुई लाख ४४ हजार एक सय ७६ कित्ता होल्ड गरेका छन्। जसको मुल्य आजको दिनमा चार करोड सात लाख ७७ हजार तीन सय ९२ रुपैयाँ हुन आउँछ। किनकि सानिमा बैंकको पछिल्लो पटक कारोबार भएको अन्तिम मूल्य प्रति कित्ता १६७ रुपैयाँ हो।

सानिमा माई हाइड्रो पावरमा ९२ लाख ५७ हजार नौ सय रुपैयाँ बराबरको ९२ हजार पाँच सय ७९ कित्ता शेयर प्रति कित्ता मूल्य एक सयमा खरिद गरेका छन्। जुन आजको मूल्य अनुसार पाँच गुणा बढेको छ। आजको मूल्य ६१२ रुपैयाँ प्रति कित्ताले हिसाब गर्दा उनको कुल रकम बढेर पाँच करोड ६६ लाख ५८ हजार तीन सय ४८ रुपैयाँ पुगेको छ।

सुरुका दिनमा बैंकको संस्थापक शेयरमा लगानी गरेका गभर्नरले त्यसमा खासै मुनाफा हुने नदेखेपछि जलविद्युत कम्पनीको शेयरमा लगानी बढाएका छन्। अझै निश्चित समय पछि संस्थापक र सर्वसाधारण शेयरको मूल्य एकै हुने कम्पनीमा गभर्नरले लगानी बढाउँदै लगेको देखिन्छ। सानिमा माई हाइड्रोले राम्रै मुनाफा दिएपछि त्यो भन्दा पनि बढी लगानी गभर्नरले सानिमा मिडिल तमोरमा गरेका छन्। उक्त कम्पनीमा गभर्नरले एक करोड ८८ लाख रुपैयाँ बराबरको एक लाख ८८ हजार कित्ता शेयर लिएका छन्। जसको प्रति कित्ता आजको मूल्य ५१४ रुपैयाँ छ। जसलाई उनले प्रति कित्ता एक सयको दरले किनेका हुन्। जुन शेयरको मुल्य पनि किनेको भन्दा पाँच गुणा बढी भइसकेको छ। आजको मुल्यमा हिसाब गर्दा उक्त लगानी बढेर अहिले ९ करोड ६७ लाख २६ हजार रुपैयाँ हुन्छ।

माथि उल्लेखित कम्पनी दोस्रो बजारमा सूचीकृत छन् भने बाँकी तीन कम्पनी सूचीकृत छैनन्। तर आउने दिनमा ती कम्पनी पनि सूचीकृत हुने छन्। किनकि उनले जलविद्युत कम्पनीको संस्थापक शेयरमा नै लगानी गरेका छन्। जलविद्युत कम्पनी अनिवार्य रुपमा पब्लिकमा जुन पर्ने नियम छ। त्यस अनुसार पनि ती कम्पनी भविष्यमा अवश्य पनि सूचीकृत हुने नै छन्। तिनको पनि मूल्य पाँच गुणाले हिसाब गर्ने हो भने आउने केही वर्षमा गभर्नरको शेयरमा गरेको लगानी मात्रै आधार अर्बको हुने अनुमान गर्न सकिन्छ।

आजकै दिनको हिसाबमा पनि गभर्नरको १४ करोड पाँच लाख ६७ हजार दुई सय रुपैयाँको लगानी दोब्बर भएर २८ करोड २२ लाख ५३ हजार ४४० रुपैयाँ पुगेको छ। सुन, चाँदी, हिरा, बैंक बचत, गाडी, घर, र जग्गा जोड्दा उनी अहिले नै उनलाई अर्बपति क्लबमा दाखिला गर्न सकिन्छ।   




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।