बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरु निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने उनले बताए । सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रुपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ । उनकाअनुसार मुलुकको अर्थतन्त्र कृषिमा आधारित छ । चामललाई आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं त्यसबारे सोच्नुपर्छ ।
सांसद कार्कीले भने– ‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ । जसले मुलुकको सुस्त रुपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ । न्युन स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ । गभर्नरसहित अर्थमन्त्रीलाई राखेर आवशिय कार्यक्रम राखेर वाफिया विधेयकमा छलफल गर्नुपर्छ । बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ । यसमा ह्रास आयो भने राज्य फेल हुन्छ । बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिच्कीएका छन । जबसम्म उद्यमी व्यवसायीले पैसा लिने वातावरण लिदैनन् । तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन ।’
उनले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताए । सांसद कार्कीकाअनुसार एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ । धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उनको भनाई छ ।