साढे २ महिनापछि २७०० विन्दुमाथि नेप्से

Jul 03, 2025 03:23 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक साढे २ महिनापछि २७०० विन्दुमाथि बन्द भएको हो। यस अघि गत बैशाख ७ गते नेप्से २७०० विन्दुमाथि बन्द भएको थियो।

बिहीबार नेप्से परिसूचक ९.१४ अंक बढेर २७०३.९६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। बुधबार ९ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ९६ हजार ४११ पटकको कारोबारमा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँबराबरको २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ६३ रुपैयाँ २ पैसा बढेर ६९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावर कम्पनी र समृद्धि फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ६८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन साहस उर्जाको २७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेकोा छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशत बढेको छ। त्यसतै, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत घटेको हो।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।