निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम पनि सामान्य बढ्यो

Jul 01, 2025 03:22 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २८.९१ अंक बढेर २६६०.३९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ६ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ७० हजार २१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँबराबरको १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने राप्ती हाइड्राे एण्ड जनरल कन्स्ट्रक्सनकाे शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेकाे छ। कारोबारमा आएको युनिलिभर नेपालको शेयरमूल्य यस दिन २.१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ४५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको करिब २६ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशाेधन र व्यापार उपसमूहकाे परिसूचक सामान्य घटेकाे हाे।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।