सोमबार नेप्से परिसूचक ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। आइतबार ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ६३ हजार ३७१ पटकको कारोबारमा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ४१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ ४८ पैसा बढेर ३५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.९२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सानिमा माइ हाइड्रोपावरको करिब साढे ३१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ३० करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन वित्त, हाेटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।