विकास हाइड्रोपावरको आइपीओ ११ लाखभन्दा बढीको आवेदन, मागभन्दा ४.६ गुणा बढी आवेदन

Jul 03, 2025 05:51 PM Merolagani



विकास हाइड्रोपावरको आईपीओको दोस्रो दिनसम्ममा ११ लाख भन्दा बढीको आवेदन परेको छ । सीडीएससीका अनुसार आइपीओ खुल्ला भएको दोस्रो दिनसम्म ११ लाख १३ हजार ५८५ जना आवेदकले १ करोड ३७ लाख ९ हजार ६ सय ८० कित्ता शेयर माग गरेको हो ।

कम्पनीले २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । दोस्रो दिनसम्म माग भन्दा ४.६ गुणा बढी आवेदन परेको छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।