आफ्नै घरमा बस्ने भन्दा भाडाका घरमा बस्ने परिवारहरुको संख्या बढी

Jul 04, 2025 02:00 PM Merolagani



शहरीकरणसँगै आफ्नै घरमा बस्ने भन्दा भाडका घरमा बस्ने परिवारहरुको संख्या बढी रहेका छन् ।शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो ।

यसैगरी, नेपालमा शहरी जनसंख्या २७ प्रतिशत रहेको छ । शहरी जनसंख्या वागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत शहरी जनसंख्या बसोवास गर्ने गरेको छ ।

काठमाडौं उपत्यकामा ९१.७ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्दछन् । शहरीकरण प्रायः खेतीयोग्य जग्गामा भइरहेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा शहरीकरणका कारणले घटेको जनसंख्या शाखाका निर्देशक राजन सिलवालले बताए ।

सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला शहरीकरणका सम्भावनाहरु यी प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको बताए । महानगरहरुमा भाडामा बसोवास गर्नेहरुको संख्या धेरै (करिव ४३ प्रतिशत) रहेको बताए । गाउँपालिकामा भाडाका घरमा बसोवास गर्ने परिवार संख्या २.६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको बताए।

शहरी क्षेत्रमा इन्टरनेटको पहुँच

इन्टरनेटको पहुँच काठमाडौं उपत्यकामा झन्डै ७८ प्रतिशत भन्दा माथि रहेको देखिएको छ । शहरीकरण हुँदै जाँदा व्यक्तिहरुको इन्टरनेटमा पहुँच पनि विस्तर हुँदै गइरहेको तथ्यांकले देखाएको बताए । आर्थिक रुपमा सक्रिय जनसंख्या पनि विस्तारै बढ्दै गएको उनले बताए ।

शहरीकरण वागमती, कोशी, मधेस र लुम्बिन्धी प्रदेशमा क्रमशः बढी रहेको छ । जनगणना २०७८ अनुसार प्रत्येक ४ वटा नगरपालिकामध्ये एउटामा ऋणात्मक जनसंख्या वृद्धि रहेको पाइएको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।