प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गरेका हुन । उनले सरकार भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए। उनले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गोकुल बास्कोटाले सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको स्मरण गर्दै त्यसैगरी जवाफदेही बन्न पनि आग्रह गरे।
उनले, ‘मन्त्रीको घुस डिल बाहिरिएको छ । केपी ओलीजी प्रधानमन्त्री हुँदा पहिले गोकुल बास्कोटाजीले राजीनामा दिनुभएको थियो । दुनियाँ अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु–हामी भ्रष्टाचार गर्दैनौं । यो भनाई सम्माननीय प्रधानमन्त्रीज्यूको हो । सभामुख महोदय शून्य सहनशीलता कहाँ छ ? भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ सभामुख महोदय ? लोकतन्त्रको इमानी शासन प्रणाली कहाँ छ ? जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छेले जसो गरेपनि हुने, यही हो लोकतन्त्र ? त्यसकारण तत्काल जनताले थाहा पाउनेगरी मन्त्रीहरुको बारेमा आएका कुराहरु के हुन् ? प्रधानमन्त्रीले जवाफ दिनको लागि म माग गर्दछु ।’
आफ्नो मान्छेले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताले देश थप संकटतर्फ जाने उनको टिप्पणी छ ।