खासगरी, सेवोनले चालु आवमा पिओर इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, विकास हाइड्रोपावर कम्पनी लिमिटेड, हिमस्टार ऊर्जा कम्पनी लिमिटेड, दरमखोला हाइड्रोपावर लिमिटेड,माबिलुङ इनर्जी लिमिटेड, बुङ्गल हाइड्रो लिमिटेड र झापा इनर्जी लिमिटेडको आइपीओ स्वीकृत गरेको छ ।

अधिकांश हाइड्रोपावर कम्पनीहरुले सेवोनबाट स्वीकृति लिइ आइपीओ निष्कासन गरिसकेका छन् । कतिपय कम्पनी शेयर बजारमा लिस्टेड समेत भइसकेका छन् ।
कुन–कुन हाइड्रो कम्पनी छन पाइपलाइनमा
आइपीओका लागि सेवोनमा निवेदन दिइ पाइपलाइनमा ३४ वटा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । सेवोनका आइपीओ निष्कासनका लागि निवेदन दिने मध्ये भुजुङ हाइड्रोपावर कम्पनी, एम्बालिङ हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, रिड्जे लाइन इनर्जी लिमिटेड, कालिन्चोक हाइड्रोपावर लिमिटेड र हिम रिभर पावर लिमिटेड हुन् ।
त्यस्तै, चालु आवमै आइपीओको लागि निवेदन दिनेमा लोवर इर्खुवा हाइड्रोपावर लिमिटेड, कलंगा हाइड्रोपावर लिमिटेड, सानिगाढ हाइड्रोपावर लिमिटेड, एपेक्स मकालु हाइड्रोपावर लिमिटेड र एपोलो हाइड्रोपावर लिमिटेड छन् ।
त्यसैगरी, गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड, स्युरी न्यादी पावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड, आशुतोष इनर्जी लिमिटेड, हिल्टन हाइड्रो इनर्जी लिमिटेड, स्नो रिभल लिमिटेड, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, मदामे खोला हाइड्रोपावर लिमिटेड, निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड, पिपुल्स इनर्जी लिमिटेड, चम्पावती हाइड्रोपावर लिमिटेड, हिम पर्वत हाइड्रोपावर लिमिटेड छन् ।
त्यस्तै, सेन्चुरी इनर्जी लिमिटेड, हाबीतात पावर कम्पनी लिमिटेड, नम्बुर हिमालय हाइड्रोपावर लिमिटेड, युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड, आरती पावर कम्पनी लिमिटेड, मेवा डेभलपर्स लिमिटेड, म्याग्दी हाइड्रो लिमिटेड र अरबिट इनर्जी लिमिटेडले आइपीओ निष्कासनका लागि निवेदन दिएका छन् ।
सेवोनमा ३४ वटा जलविद्युत् कम्पनीहरुले विगत लामो समयदेखि आइपीओ निष्कासन अनुमतिको पर्खाइमा छन् । सेवोनका अनुसार, बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक सेयर निष्कासन(एफपीओ)का लागि निवेदन दिएको थियो । तर पछि उसले एफपीओ निष्कासन नगर्ने हकप्रद दिने निर्णय गरेकाे छ ।