चालु आर्थिक वर्षको अन्तिम अर्थात बुधबारको बजार ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर १४ अर्ब तीन करोड बढीको शेयर खरिद बिक्री भएको छ ।
समग्रमा हेर्दा यो आर्थिक वर्ष शेयर बजारको लागि उत्साजनक भएको लगानीकर्ताको भनाई छ । यो वर्ष लगानीकर्ताहरुले नयाँ योजना बनाएर कारोबार गरेको पाइएको हो । यो एक वर्षको अन्तरालमा बजारमा हालसम्मकै उच्चतम कारोबार रकम सहित उच्चतम बजार पूँजीकरण भयो ।
बजारले दुई हजारको विन्दुबाट निरन्तर बढेर तीन हजारमा माथिको उचाई कायम गरी करेक्सान याे बर्ष नै भयाे । यो एक वर्षमा कारोबारमा रहेका केहि समूहगत सूचकहरुले पनि नयाँ उचाई बनाउन सफल भएको पाइन्छ ।
साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दो अवस्थामा रहेको जसले लगानीकर्ताहरुलाई बजारमा लगानी गर्नका लागि प्रेरित गरेको देखिन्छ । चालु आर्थिक वर्ष सकिदै गर्दा पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको छ । यसले पनि आगामी आर्थिक वर्ष बजारका लागि झनै बुम बुम हुने विश्वास लगानीकर्तामा छ ।