एक वर्षमा सोलारसहित जलविद्युत् आयोजनाबाट ७८ मेगावाट विद्युत उत्पादन, १७० मेगावाट सोलारको पीपीए

Jul 17, 2025 02:43 PM merolagani



पछिल्लो एक वर्षको अवधिमा नेपालमा ८ वटा जलविद्युत तथा सोलार परियोजनाहरुले व्यवसायिक उत्पादन सुरु गरेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार, २०८१ चैतदेखि हालसम्म ७७.९७ मेगावाट विद्युत् उत्पादन भएको हो

सरकारले पछिल्लो समय जलाशययुक्त परियोजना सँगै सोलार परियोजना निर्माण समेत जोड दिँदै आएको छ । प्राधिकरणका अनुसार, उक्त अवधिमा तराइ सोलार प्रालिले प्रवर्द्धन गरेको ७.७ मेगावाटको जीरा भवानी सेढ्वा सोला परियोजना, तराइ इनर्जी प्रालिद्धारा २.३ मेगावाटको डीडीबी सोलार परियोजना, सुपर हेवा पावर कम्पनी प्रालिद्धारा ६ मेगावाटको सुपर हेवा, पशुपती रिन्युवल प्रालिद्धारा १० मेगावाटको धरमनगर सोलार फार्म र उपर लोहोरे खोला हाइड्रोपावर कम्पनी प्रालिद्धारा ४ मेगावाटको अपर लोहोरे परियोजना हुन् ।

त्यस्तै सोही अवधिमा व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गर्नेहरुमा इदी हाइड्रोपावर कम्पनी प्रालिद्धारा ९७५ किलोवाटको इदीखोला जलविद्युत् आयोजना, झ्यामोयिलंमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिद्धारा ३२ मेगावाटकाे करूवा सेती र बुटवलमा १५ मेगावाटको धर्मनागर सोलार परियोजना हुन् ।

प्राधिकरणका अनुसार, इनर्जी मिक्स कार्यक्रमअन्तरगत कुल ९६० मेगावाटका सोला परियोजनाका लागि प्रतिष्पर्धात्मक खरिद विधिबाट आशय पत्र आह्वान गरिएको थियो । जसमा कुल ६३ वटा आयोजनाहरु छनौट भएकोमा विभिन्न ८ वटा कम्पनीको १७० मेगावाट सोलार आयोजनाको खरिद बिक्री सम्झौता(पीपीए) समेत सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।