विलासिता कर जोडेर कतिमा काराेबार हुँदै छ सुन ?

Jul 17, 2025 11:25 AM Merolagani



साउन १ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

आजदेखि सुनमा विलासिता कर जोडेर मूल्य कायम गरिएको छ । सरकारले बजेट मार्फत सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने व्यवस्था गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।