त्यसको अर्थ ओझा अब प्राधिकरणको अध्यक्ष होइनन, निवर्तमान अध्यक्ष मात्रै हुन् ।

तर, बिमा प्राधिकरणको वेभसाइडलाई आधार मान्ने हो भने प्राधिकरणमा अहिले पोख्रेल र ओझा दुवै जना अध्यक्ष छन् । वेभसाइटको होम पेजमा अध्यक्ष पोख्रेलको तस्विरसहितको फोटो छ भने ‘स्टाफ प्रोफाइल’ भित्र अध्यक्ष शरद ओझा भनेर उल्लेख छ । त्यहाँ पोख्रेलको नामो निशान छैन ।
यो कुरा धेरैको लागि सामान्य प्राविधिक कमजोरी लाग्न सक्छ । तर, बिमा प्राधिकरण जस्तो नियामक निकायले आफ्नै अध्यक्ष को हुन् भन्ने बारेमा त समयमा ‘अपडेट’ गर्दैन, दिंदैन र साँच्चै नै दुई जना नै अध्यक्ष नै छन् कि भन्ने जस्तो गरि वेभसाइटमा जानकारी राख्छ भने अन्य सूचनाहरुको बारेमा खेलबाड गर्दैन । सही समयमा सही सूचना सार्वजनिक गर्छ भनेर कसरी विश्वास मान्ने ? प्रश्न उठेको छ ।