युवा उद्यमीमा सवैभन्दा बढी निर्यात गर्ने उद्यमी अक्षय गोल्यान सीआईपी अवार्डबाट सम्मानित

Jul 18, 2025 05:15 PM merolagani



युवा उद्यमीहरुको तर्फबाट सबैभन्दा धेरै वस्तु निर्यात गरेको रिलायन्स स्पिनिङ मिलका प्रवन्ध निर्देशक अक्षय गोल्यान सम्मानित भएका छन् ।

३६ वर्षीय गोल्यानले युवा उद्यमी व्यवसायीतर्फ सबैभन्दा धेरै निर्यात गरेको भन्दै उनलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति(आइसीपी) अवार्डबाट सम्मानित भएका हुन । ५६ वर्षको विरासत बोकेको गोल्यान ग्रुपलाई तेस्रो पुस्ताका अक्षयले हाँकिरहेका छन् । उनले छोटो समयमै यस ग्रुपलाई महत्वपूर्ण उपाधिहरूबाट सम्मानित गराउन सफल भएका छन् ।

विगत १२ वर्षभन्दा लामो समयदेखि गोल्यान ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका अक्षयले विभिन्न कम्पनीहरूलाई नेतृत्व गरिरहेका छन् । अक्षयले कृषि, होटल, ऊर्जा, उत्पादन (म्यानुफ्याक्चरिङ) लगायतका विभिन्न उद्योगहरूमा नेतृत्व सम्हाल्दै आएका छन् । उनले रिलायन्स स्पिनिङ मिल्स, गोल्यान पावर, गोल्यान होटल्स, हायात सेन्ट्रिक काठमाडौं लगायतको नेतृत्व गर्दै आइरहेका छन् । साथै प्योर इनर्जीको अध्यक्षको भूमिकामा समेत रहेका अक्षय जैविक र प्राकृतिक उत्पादनहरू उपलब्ध गराउने माटो ब्रान्ड कम्पनीकाे निर्देशकको भूमिकामा छन् ।

निर्यात प्रवद्र्धनका लागि अत्यावश्यक क्षेत्र उत्पादन भएको बुझाई राख्ने अक्षयले यस क्षेत्रलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । जसबाट उनले व्यवसायलाई मात्र अगाडि बढाएका छैनन् निर्यात प्रवर्द्धन र अर्थतन्त्रको विकासमा टेवा समेत दिएका छन् ।

के छ सीआईपी अवार्डको महत्व ?

नेपालको व्यवसायिक र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने, तेस्रो मुलुकमा निकासी, भारत तथा चीन जस्ता देशमा भएको नियार्तलगायतका मापदण्डमा तोकिएका आधारमा सीआईपीहरु छानिन्छ र अवार्ड दिइन्छ । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआईपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि–२०७४ अनुसार सिआइपी दिइने गरिन्छ ।

यस्तो सम्मान पाउने व्यक्तिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउँछन् । उनीहरुका लागि सिंहदरबार तथा उच्चपदस्थहरुसँग भेट्न पनि सहज हुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।