सरकारी निकायबाट प्रवर्धन गरिने सौर्य ऊर्जा जीटुजी मोडेलमा खरिद बिक्रि गरिने

Jul 18, 2025 05:50 PM merolagani



सरकारले सौर्य ऊर्जाको खरिद बिक्रि सरकार–सरकारबीच(जीटुजी) मोडेलमाबाट गर्ने निर्णय गरेको छ ।

हालै ऊर्जामन्त्री दीपक खड्काले मन्त्रालयको एक वर्षे उपलव्धि सुनाउँदै सरकारी निकायबाट प्रवर्धन  हुने सौर्य ऊर्जाको भारतलगायतका देशमा निर्यात गर्दा जीटुजी मोडेलमा गर्ने गरी निर्णय गरेको बताए ।

उनका अनुसार, सरकारी निकाय र सरकारी लगानीको सौर्य परियोजनाबाट उत्पादन हुने विद्युत्को खरिद बिक्रि तथा निर्यातका लागि जीटुजी मोडेल अपनाइने भएको हो ।

यो मोडेलअनुसार नेपाल सरकार र भारत सरकारबीच सहमति भइ सोझै सौर्य ऊर्जा आयात गर्न र निर्यात गर्न सकिनेछ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।