सुनको मूल्य घट्यो, चाँदी बढ्यो

Jul 29, 2025 10:54 AM Merolagani



साउन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज अर्थात मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य दुई दिनदेखि निरन्तर बढेको हो ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।