सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Aug 01, 2025 10:29 AM Merolagani



साउन १६ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यस्तो सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।