नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ बढेको हो। सोमबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। सोमबार तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।
