सुन र चाँदीको मूल्य घट्यो

Jul 31, 2025 10:46 AM Merolagani



साउन १५ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ४० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज अर्थात बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।