विद्युत विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्योः भीम रावल

Aug 03, 2025 10:51 AM Merolagani



पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाएका छन् ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन ।

उनले नेपाली नदीनालाबाट विद्युत उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफैँ गर्नु भन्ने कानून पारित गरेको भन्दै त्यसले विदेशी सेनालाई नेपाल भित्रिने बाटो खुलाएको आरोप लगाए । उनले विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने बताए । नागरिकता विधेयकमा अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था राखिएको भन्दै आपत्ति जनाए । वंशजको नागरिकता भन्ने तर पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो ? भन्दै प्रश्न गरे।

 

उनले भने, ‘एउटा कानून आएको सुनेँ । अहिले विदेशीहरुले नेपाली नदीनालाबाट विद्युत जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो । अब हेर त, विदेशी सेना आउने भयो की नाइ ? अब विदेशी सेना आएपछि हामीलाई खिर खान दिन्छ । संसदबाट एउटा कानून पारित भयो । बनायो कानून, त्यहाँ बसेकाहरुले । अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खालि राख्ने रे । यो देशलाई कहाँ लैजान लाग्या हो ? दिनेबेला वंशजको नागरिकता भन्ने बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त ? यस्तो राजनीति गरेपछि खिर खाने दिन धेरै रहँदैन ।’

पूर्वउपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भएका छोराछोरी खाडी पठाउने अनि छोराछोरी जन्माओ भन्ने ? भन्दै प्रश्न गरे ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।