सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ फोन, प्रि–अर्डर एक हप्ताभित्र गर्न सकिने

Aug 03, 2025 12:13 PM merolagani



सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ ब्रान्डका नयाँ मोबाइल फोन बजारमा ल्याउने भएको छ । ती दुवै ब्रान्डको मोबाइल सेटहरुको प्रि अर्डरको समय समेत तोकिएको छ ।

कम्पनीले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ अल्ट्रा पातलो, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू बजारमा ल्याएको छ । ती स्मार्टफोनहरु यहीँ साउन २२ गतेदेखि साउन २९ गते सम्म प्रि–अर्डर गर्न मिल्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र एआइ प्रविधिलाई एकसाथ ल्याएको छ। यो डिभाइसले अल्ट्रा–स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्नेछ र खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्न सक्ने कम्पनीको विश्वास छ ।

ग्यालेक्सी जेड फ्लिप ७ चाहिँ स्मार्ट एआइ फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो। यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम रहेको कम्पनीले जनाएको छ ।

फ्ल्यागशिप क्यामेरा, एजटुएज फ्लेक्सविन्डो, र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता बनाउने कम्पनीको दाबी छ ।

 

नेपालमा यी स्मार्टफोनहरू २५६जीबी भेरियन्टमा अगस्त ७ (साउन २२) देखि प्रि–अर्डर गर्न सकिनेछ । प्री–अर्डरको लागि दर्ता गरी रु ५,००० को अग्रिम भुक्तानी गरेपछि ग्राहकहरूले स्मार्टफोनहरु प्राप्त गर्नेछन् ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।