सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा संशोधन गर्दै अब नागरिकले व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा भएका नाम, थर, उमेर वा अन्य विवरणमा एकपटक सिधै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा निवेदन दिई सच्याउन सक्ने व्यवस्था गरेको हो।
यसअघि बालबालिकाको जन्मदर्ता मात्र एक वर्षभित्रमा सच्याउन सकिने व्यवस्था थियो, जुन २०७६ सालपछि जन्मिएका बालबालिकाका लागि मात्र लागू हुन्थ्यो। नयाँ संशोधनले सबै उमेर समूहका नागरिकलाई समेटेको छ। संशोधित ऐनमा उपदफा ९२० मा ‘अन्य विवरण’ भन्ने शब्दपछाडि ‘एक पटक’ भन्ने शब्द थपिएको छ।
साथै, उपदफा ९४० मा रहेको ‘उमेर’ भन्ने शब्दलाई परिमार्जन गरी ‘विवरण’ शब्द प्रयोग गरिएको छ, जसले विवरण सच्याउने अधिकारको दायरा अझ विस्तारित गरेको छ। यस कानुनी संशोधनसँगै नागरिकले विगतमा भएको विवरणको त्रुटिका कारण हुने प्रशासनिक झन्झटबाट मुक्ति पाइने भएको छ ।