गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्त ५ करोड २९ लाख रुपैयाँ नोक्सानीमा थियो।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्त नाफामा पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६१.८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशत र कुल सञ्चालन आम्दानी ५९.२२ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष ५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, गत आर्थिक वर्ष ६ करोड ८८ लाख रुपैयाँ धनात्मक भएको छ। गत असार मसान्तसम्ममा लघुवित्तले ३ करोड ५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेका कारण सञ्चालन मुनाफा र खुद नाफा धनात्मक भएको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत असार मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ।
७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
