वित्तीय खर्च घटेपछि एशियन हाइड्रोपावरको नोक्सानी घट्यो

Aug 08, 2025 09:43 AM Merolagani



एशियन हाइड्रोपावर लिमिटेड (AHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ८१ लाख रुपैयाँ नोक्सानी रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको नोक्सानी ५ करोड ८६ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण लघुवित्तको खुद नोक्सानी घटेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.६९ प्रतिशत बढेको छ भने कुल नाफा ४.३६ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा १३.८५ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २१.८० प्रतिशत घटेको छ।

३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ८४ पैसा रहेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।