बिक्री आम्दानी बढेपछि घोराही सिमेन्टको नोक्सानी घट्यो

Aug 12, 2025 09:54 AM Merolagani



घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले गत आर्थिक वर्ष ६६ करोड नोक्सानी व्यहोरेको छ। कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १२.७९ प्रतिशत बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २३२.५४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १७.१० प्रतिशत बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ।

४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।