अघिल्लो कारोबार दिन अर्थात सोमबार २७.९० अंक घटेर २८२२.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५३ अंक बढेर २८२४.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८४ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको १२० पटकको कारोबारमा ८ करोड ३७ लाख ५४ हजार ४६३ रुपैयाँ ९८ पैसाबराबरको १५ हजार ३२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।