सुन र चाँदीको मूल्य घट्यो

Aug 19, 2025 10:55 AM Merolagani



भदौ ३ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।