तीजको दिन सुनको मूल्यमा उच्च वृद्धि, चाँदीमा नयाँ रेकर्ड

Aug 26, 2025 10:45 AM Merolagani



भदाै १० गते, मंगलबार, तीजको दिन नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ भने चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १ हजार ५०० रुपैयाँ बढेको हो। अघिल्लो दिन अर्थात सोमबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यले यस दिन पनि नयाँ रेकर्ड बनाएको छ। मंगलबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको चाँदीको मूल्यले यस दिन सो रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको हो। यस दिन चाँदी तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।