५ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 21, 2025 09:46 AM Merolagani



भदौ ५ गते, बिहीबार, ५ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले पनि २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका थिए। त्यस्तै, सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी म्युचुअल फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।