प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

Aug 22, 2025 06:33 AM Merolagani



प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (PSF) र प्रभु स्मार्ट फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्।

यी दुई फण्डहरुले भदौ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रभु सेलेक्ट फण्डले कर सहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्ड (PRSF) ले कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन ३० गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।