सातामा १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 23, 2025 06:11 AM Merolagani



यस साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७८८.३६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.०९ प्रतिशत अर्थात ३०.३९ अंक घटेर २७५७.९७ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३६ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ६९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.५६ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १६.७९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १९.०९ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ५६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४७ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ८ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२३ प्रतिशत बढेको छ। गत साता ६९५६.५८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८५.६७ अंक बढेर ७०४२.२५ विन्दुमा पुगेको छ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४५ प्रतिशत घटेको छ। गत साता २६६०.९९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यस साता ६५.२० अंक घटेर २५९५.७९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता पनि जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १०२.४६ अंक घटेको छ।

नेप्सेमा यस साता तीन कम्पनीको कुल १ करोड ६३ लाख ७७ हजार ७९.५४ कित्ता शेयर सूचीकृत भएको छ। यस साता नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन रि इन्स्योरेन्सको बोनस शेयर तथा विकाश हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ।

यस साता पियोर इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। गत साता ८६६ रुपैयाँ ३४ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता ९५१ रुपैयाँ १५ पैसा रहेको छ। यस साता सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.७७ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर ८ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नबिल ब्यालेन्स्ड फण्ड ३, प्रभु सेलेक्ट फण्ड, मध्य भोटेकोशी जलविद्युत कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, युनाइटेड अजोड इन्स्योरेन्स, मोलुङ्ग हाइड्रोपावर कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।