कम्पनीले असोज ३ गते, होटल एल्लो पगोडा, कान्तिपथ, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सहायक कम्पनी ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ मा गरेको लगानी अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।